एमालेका मनोनित केन्द्रीय सदस्यहरुद्वारा शपथग्रहण-Sutra News

एमालेका मनोनित केन्द्रीय सदस्यहरुद्वारा शपथग्रहण

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज शपथ ग्रहण गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् ।



एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट