क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की-Sutra News

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार बिपिन कार्कीलाई नियुक्त गरेको छ । ब्राण्ड एम्बेस्डर नियुक्त सम्बन्धि सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी र कलाकार बिपिन कार्कीले हस्ताक्षर गरेका छन् ।



लोकप्रिय अभिनेता कार्कीका छाड्के, पशुपति प्रसाद, जात्रै जात्रा, सेल्फी किङ लगायतका चलचित्रले सफलता प्राप्त थियो । बहुमुखी प्रतिभाका धनी उनको फिल्मी यात्रा थिएटर कलाकारबाट सुरु भएको थियो । निजको यहि सफलता, लगाव एवम् क्षमताको कदर गर्दै कम्पनीको व्यवसायिक सामाजिक उतरदायिल अन्तर्गत ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता कार्की सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास लिएको छ । राम्रो कलाकारीताका साथै दर्शकले रूचाएका कलाकार सँगै काम गर्दा कम्पनीका अफर र सेवाहरुको बारेमा बजारमा सही जानकारीहरु प्रचार हुने अपेक्षा रहेको छ ।

सन् २००९ मा सुरू भएको क्लासकिटेकले १२ बर्षको सेवाले ७४ वटा जिल्लामा १०३ वटा ठाँउमा आउटलेट सञ्चालनमा ल्याएको छ । कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको क्लासिक टेक दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । लकडाउन भए सँगै इन्टरनेटको महत्व बढे सँगै धमाधम आउटलेट विस्तार गर्दै ग्राहकहरूलाइ छिटो र छरितो सेवा दिइ रहेको छ ।

कम्पनीले निकट भविश्यमै ५०० सम्मको हाइ स्पिट इन्टरनेट सेवा रहेका गाँउघरमा पुर्याउने हिसाबले सुलभ मुल्यमा नेपालीको पहुँच पुग्नेगरि छिट्टै नै नयाँ सेवा ल्याउने तयारी गरीरहेको छ । क्लासिक टेकले सधैं ग्राहकलाई अझ सस्तो मूल्यमा स्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको छ र यस सहकार्य ग्राहकहरूसम्म पुग्न तत्पर रहेको छ ।

यस सहकार्यमा क्लासिक टेकले ग्राहकबाट राम्रो प्रतिक्रियाको आशा राखेको छ र थप मानिसहरूसँग जोडिने आशा पनि गरिरहेको छ । यसबाट इन्टरनेट सेवा प्रदायक कम्पनी र कलकारीता क्षेत्रबिचको सम्बन्ध थप मजबुद हुदै जाने कम्पनीले बिश्वास व्यक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट