प्रचण्ड र माधवकुमार देशमा अस्थिरता निम्त्याउन सक्रियः केपी ओली-Sutra News

प्रचण्ड र माधवकुमार देशमा अस्थिरता निम्त्याउन सक्रियः केपी ओली

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा नियन्त्रित अस्थिरता निम्त्याउन प्रचण्ड र माधवकुमार नेपालले सक्रिय भुमिका खेलिरहेको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय कमिटीमा मनोनीत सदस्यको पद तथा गोपनीयता कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा अस्थिरता ल्याउन प्रचण्ड र माधवकुमार नेपाल सक्रिय भएको आरोप लगाएका हुन् ।



ओलीले भने– ‘देशमा अस्थिरता ल्याउन प्रचण्ड कम्पनी र माकुने कम्पनी सक्रिय छ ।’

कांग्रेस र माओवादीको आन्दोलनमाथि टिप्पणी गर्दै ओलीले ती आन्दोलनपछि देशको स्वाभिमान र सार्वभौमसत्तामा आँच आउने काम भएको आरोप लगाए ।

कांग्रेस खराब तत्वसँग साँठगाँठ गर्ने र वामपन्थी शक्तिविरुद्ध लाग्ने गरेको आरोप लगाएका ओलीले प्रतिगामीको मतियार हुन कांग्रेसले छोड्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट