ओलीको सम्बोधन : माधवकुमार नेपाललाई ‘माकुने’-Sutra News

ओलीको सम्बोधन : माधवकुमार नेपाललाई ‘माकुने’

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई अस्थीरता फैल्याएको आरोप लगाएका छन् ।



नयाँ नियुक्त भएका केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण गराउन आयोजना गरिएको कार्यक्रममा ओलीले नेपालमा अस्थीरता मचाउन खोज्ने नियन्त्रित शक्ति सक्रिय रहेको बताएका हुन् ।

‘नियन्त्रित अस्थीरताका सम्वाहक शक्तिहरु यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् । कुनै भ्रम राख्नु पर्दैन,’ ओलीले भने । उनले माधवकुमार नेपाललाई ‘माकुने’ भनी सम्बोधन गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट