प्रचण्ड र ज्ञानेन्द्रबीच ५ बुँदे सहमति भएर उपद्रो भएको थियो – ओली-Sutra News

प्रचण्ड र ज्ञानेन्द्रबीच ५ बुँदे सहमति भएर उपद्रो भएको थियो – ओली

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन राजा ज्ञानेन्द्र शाहबीच सहमति भएरै देशमा उपद्रो भएको अभिव्यक्ति दिएका छन् ।



नवनियुक्त केन्द्रीय सदस्यहरूको सपथग्रहण कार्यक्रममा बोल्दै ओलीले भने, ‘प्रचण्ड र ज्ञानेन्द्रको सहमतिमै त्यतिबेला त्यो उपद्रो भएको थियो । २०६० साल मङ्सिर १८ गते ज्ञानेन्द्र र प्रचण्डबीच पाँचबुँदे सहमति भएको थियो ।’

के सहमति भएको थियो भन्ने आफूलाई थाहा नभएको ओलीले बताए । ‘के सहमति भएको थियो ज्ञानेन्द्र र प्रचण्डले भन्नुपर्यो नि,’ उनले भने ।

ओलीले ज्ञानेन्द्र र प्रचण्डबीच सहमति भएपछि ज्ञानेन्द्रले रुकुम रोल्पातिर अभिनन्दन अभियान चलाएको दाबीसमेत गरे । ‘ज्ञानेन्द्रलाई धुमधाम स्वागत गरियो, त्यो कसले गर्यो ?’ ओलीले प्रश्न गरे, ‘बाहिर परिवर्तनको कुरा, भित्र भित्र साँठगाँठ ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट