कुन चाहिँ सेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले सेयर बजार धरासायी बनाइदिए – ओली-Sutra News

कुन चाहिँ सेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले सेयर बजार धरासायी बनाइदिए – ओली

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चन्दा नपाएपछि सेयर बजारविरुद्ध बोलिदिएको आरोप लगाएका छन् ।



बुधवार नयाँ मनोनित केन्द्रीय सदस्यको सपथग्रहण कार्यक्रममा बोल्दै ओलीले प्रचण्डमाथि यस्तो आरोप लगाएका हुन् । उनले प्रचण्ड लेनिनभन्दा पनि बढ्ता जान्ने भएको बताए ।

‘कुन सेयर कारोबारीले चन्दा दिएन होला, ए, चन्दा नदिने सेयर नै ध्वस्त बनाइदिन्छु भनेर प्रचण्डले ठोक्दिए,’ ओलीले भने, ‘हामीले त्यस्तो गर्थ्यौं भने सडक ताथ्यो । अहिले चुपचाप छ ।’

ओलीले प्रचण्ड लेनिन भन्दा पनि बढ्ता जान्ने भएको आरोप लगाए । ‘लेनिनले पूँजीवाद विकसित भयो भने साम्राज्यवाद आउँछ भन्थे, तर प्रचण्ड लेनिन भन्दा पनि बढ्ता जान्ने निस्किए । उनले साम्राज्यवाद विकसित भएर सेयरबजारमा जान्छ भन्दै नयाँ थेसिस ठोक्दिए । २ दिनमा सेयर बजार धरासायी भयो ।’

केही दिनअघि प्रचण्डले सेयरबजारबाट आधारभूत नागरिकले नाफा लिन नपाएको भन्दै पूँजीको लगानी पूँजीमै हुनु दुखद रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट