सभापतिपछि धेरैको आँखा महामन्त्रीतिर, यी पाँचमध्ये कसले मार्लान् बाजी ?-Sutra News

सभापतिपछि धेरैको आँखा महामन्त्रीतिर, यी पाँचमध्ये कसले मार्लान् बाजी ?

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा पुनः अर्को कार्यकालका लागि सभापति चुनिएका छन् ।



आफ्नो निकटम प्रतिद्वन्दी शेखर कोइरालाविरुद्ध ६० प्रतिशत ल्याएर उनी आगामी ४ वर्षे कार्यकालका लागि सभापति चुनिएका हुन् ।

सभापतिमा देउवाले बाजी मारेपछि सबैको ध्यान महामन्त्रीमा कसले बाजी मार्छ भन्नेमा छ । महामन्त्रीका लागि शेखर कोइरालाको प्यानलबाट मिनेन्द्र रिजाल र गगन थापा भिडेका थिए ।

त्यसै देउवा प्यानलबाट प्रदीप पौडेल र प्रकाशशरण महत भिडेका छन् भने प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा विश्वप्रकाश शर्मा भिडेका छन् ।

पाँचै जना नेविसंघको राजनीति गर्दै यहाँसम्म आइपुगेका हुन् । शर्मा र पौडेल नेविसंघका पूर्व सभापति हुन् भने थापा महामन्त्री थिए ।

बुधवारदेखि मतगणना शुरू हुने बताइएको छ ।

महामन्त्रीका रूपमा थापा र शर्माको उदय हुने आंकलन राजनीतिक वृत्तमा गर्न थालिएको छ ।

फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिस नामको संस्थाले महामन्त्रीमा कोइराला प्यानलबाट उठेका थापा र सिंह प्यानलबाट उठेका थापा कांग्रेसको महामन्त्री हुने आफ्नो सर्वेक्षणले देखाएको जनाएको छ ।

उक्त संस्थाले सभापतिका लागि पहिलो चरणको निर्वाचनको नतिजा पनि भविष्यवाणी गरेको थियो । करीब करीब मिलेको देखिन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट