लागु औषधसहित १३ जना पक्राउ-Sutra News

लागु औषधसहित १३ जना पक्राउ

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

पोखरा महानगरपालिका–३२ मझुवाबाट करिब तीन किलोग्राम गाँजासहित धादिङ निलकण्ठ नगरपालिका–४ खानीगाउँका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा४ख १६३८ नम्बरको माइक्रोबसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मंगलबार दिउँसो गाँजासहित पक्राउ गरेको हो ।



यस्तै, बाँके नेपालगंज उपमहानगरपालिका–१५ जमुन्हाबाट ५५ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुल्सीपुर नगरपालिका–१४ बस्ने ३३ वर्षीय गौरव बुढाथोकी र बाँके राप्ती सोनारी गाउँपालिका बस्ने ३२ वर्षीय सुबास बिक छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हेरोइनसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दाङ तुलसीपुरबाट खटिएको प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित १० जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये तुलसीपुर उपमहानगरपालिका–१ भम्के बस्ने २२ वर्षीय विनोद भण्डारी समेत चार जना, सोही उपमहानगरपालिका–५ आलुमण्डीमा ५४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका–५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय अमर गन्धर्व सहित चार जना २१० मिलिग्राम र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत दुई जना ९४० मिलिग्राम ब्राउनसुगरसहित फेला परेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट