उपसभापतिको मतगणना सुरु, मतपरिणाम पनि आजै आउने-Sutra News

उपसभापतिको मतगणना सुरु, मतपरिणाम पनि आजै आउने

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेपाली कांग्रेस उपसभापतिको मतगणना सुरु भएको छ । सम्पन्न निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना सुरु गर्ने निर्णय गरेको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । मतगणना सुरु भइसकेको छ । मतपरिणाम पनि आजै आउँछ ।’ उनका अनुसार महामन्त्रीको मतगणना भने भोलि हुनेछ ।



नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापतिबाहेक अन्य पदको मतगणनाबारे निर्णय गर्न कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बसेको थियो । मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

उपसभापतिको मत गणना सुरु भएपनि अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुन बाँकी नै छ ।

कांग्रेसको उपसभापति पदमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य विजय कुमार गच्छदार र सुजाता कोइराला रहेका छन् । यी मध्येबाट २ जना उपसभापतिमा निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट