कोइरालालाई गगन थापाको सुझावः भागबण्डा होइन, जिम्मेवारी बोक्नुहोस्-Sutra News

कोइरालालाई गगन थापाको सुझावः भागबण्डा होइन, जिम्मेवारी बोक्नुहोस्

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेपाली कांग्रेस महामन्त्रीका प्रत्यासी गगन थापाले आफ्नो समूहबाट सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालाई भागबण्डाको राजनीति नगरी जिम्मेवारी बोकेर काम गर्न सुझाव दिएका छन् ।



सभापतिमा पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएको भन्दै उनले सो ४० प्रतिशतलाई सभापतिमा निर्वाचित शेरबहादुर देउवासँग भाग नखोजेर भागबण्डाको राजनीति तोडेर मतदाताको जिम्मेवारी बोकेर काम गर्न सुझाव दिए ।

नवनिर्वाचित सभापति देउवाले गुट त्यागेर काम गर्नुपर्ने भन्दै उनले सभापति गुटको नेता बन्न नहुने बताए ।

बुधबार आयोजित धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीमा नेतृत्व परिवर्तन गर्नुपर्ने बताएकाहरू अन्ततः पुरानै नेतालाई समर्थन गर्ने विषयमा भने प्रश्न गरिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट