थप २८० जनामा कोरोना संक्रमण, ६ जनाले ज्यान गुमाए-Sutra News

थप २८० जनामा कोरोना संक्रमण, ६ जनाले ज्यान गुमाए

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

देशैभर पछिल्लो २४ घण्टामा देशभर २८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनाको नमुनाको परीक्षण गर्दा २८० जनामा संक्रमण पुष्टि भएको हो ।



त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको छ ।

बुधबार ३ सय जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट