महानगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार, निर्देशक बोगटीसहित ५ जनाविरुद्ध मुद्दा दायर-Sutra News

महानगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार, निर्देशक बोगटीसहित ५ जनाविरुद्ध मुद्दा दायर

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको भवन निर्माण ठेक्कामा भ्रष्टाचार गरेको भन्दै निर्देशक भैरवबहादुर बोगटीसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।



गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा निर्देशक बोगटीसहित खरिद इकाई प्रमुख बखतबहादुर साउद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

काठमाडौं महानगरपालिका–१२, टेकुस्थित भवन निर्माण गर्न ठेक्का नं.३३१८५–०७७–७८–एनसीबीडब्ल्यू–केएमसीका लागि सार्वजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको उजुरीको आधारमा अख्तियारले उनीहरुमाथि अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा टेकुस्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा ५ जनाकै संलग्नतामा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरी भ्रष्टाचार गरेको देखिन आएकोले मुद्दा दायर गरिएको रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट