ओलीलाई रावलको प्रश्न- संसद अवरुद्ध पार्नुको औचित्य के हो ?-Sutra News

ओलीलाई रावलको प्रश्न- संसद अवरुद्ध पार्नुको औचित्य के हो ?

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् ।



सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन् ।

उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै प्रश्न गरेका छन् ।

उनले भनेका छन्,’यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।’ उनको दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

सरकारका कामकार्वाई गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अैाचित्य के हो? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसी संग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट