२८०० मत गन्दा उपसभापतिमा विमलेन्द्र निधि प्यानलको उम्मेदवारको मत सबैभन्दा कम-Sutra News

२८०० मत गन्दा उपसभापतिमा विमलेन्द्र निधि प्यानलको उम्मेदवारको मत सबैभन्दा कम

बुधबार, २९ मंसिर २०७८

बुधबार, २९ मंसिर २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा तिव्र प्रतिस्पर्धा देखिएको छ ।



२८ सय मत गन्दा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् भने धनराज गुरुङ पछि परेका छन् । खड्काले १३२१ मत पाउँदा धनराज गुरुङले १२६७ र विजयकुमार गच्छदारल १२१३ मत पाएका छन् । चन्द्र भण्डारीले १११५ मत पाएका छन्।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।

प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने स्वतन्त्र उठेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट