१८ लाख ७१ हजार डोज खोप आइपुग्यो, २१ लाख बढी डोज आउँदै-Sutra News

१८ लाख ७१ हजार डोज खोप आइपुग्यो, २१ लाख बढी डोज आउँदै

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपालमा कोरोनाविरुद्धको थप  १८ लाख ७१ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बुधबार भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्डको १८ लाख ७१ हजार डोज खोप आएको हो ।



स्वास्थ्य सेवा विभागका अनुसार बिहीबार र शुक्रबार पनि खोप आउने छ । उक्त दिन जोन्सन एन्ड जोन्सनको २१ लाख ७६ हजार डोज खोप आउन लागेको हो ।

विभागका अनुसार बिहीबार विहान पौने ८ बजे ७ लाख १९ हजार र बाँकी १४ लाख ५७ हजार डोज खोप आउन लागेको हो । उक्त खोप युनिसेफमार्फत आउन लागेको हो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट