काँग्रेस महाधिवेशन- उपसभापतिमा कसले कति पाए मत ?-Sutra News

काँग्रेस महाधिवेशन- उपसभापतिमा कसले कति पाए मत ?

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।



बुधबार राति केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवा समूहबाट खड्का र शेखर कोइरालाल समूहबाट गुरुङ निर्वाचित भएका हुन् ।

उपसभापतिका लागि भएको निर्वाचनमा खड्काको मतअन्तर दुई सय हाराहारीमा भए पनि गुरुङ भने २/३ मत अन्तरले जितेका हुन् । खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य हुन् ।

गुरुङसँग उपसभापतिका अर्का प्रत्यासी विजय गच्छदार झिनो मतले पराजित भए । मतगणनाको बीच बीचमा गच्छदारले अग्रता पनि लिएका थिए । अन्तिम परिणाममा भने उनी थोरैले पराजित हुन पुगे । सभापति देउवा ‘प्यानल’ कै उनले एक हजार ९०६ मत प्राप्त गरे ।

चन्द्र भण्डारी, सुजाता कोइराला, महेश आचार्य र दिव्यश्वरी शाह भने पराजित भए । भण्डारीले एक हजार ५८०,  कोइरालाले ६४४, आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेकाे समितिले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट