विश्व इतिहासमा आजः भारत–पाक तेस्रो युद्ध अन्त्यदेखि काजकिस्तान स्वतन्त्र-Sutra News

विश्व इतिहासमा आजः भारत–पाक तेस्रो युद्ध अन्त्यदेखि काजकिस्तान स्वतन्त्र

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

आज १६ डिसेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः



काजकिस्तान स्वतन्त्रत
सन् १९९१ मा आजकै दिन मध्यएशियाली देश काजकिस्तान स्वतन्त्र भएको थियो । सन् १९२० मा काजकिस्तान तत्कालिन सोभियत संघको स्वायत्त गणराज्य बनेको थियो ।

भारत पाकिस्तान युद्ध अन्त्य
सन् १९७१ मा भारत र पाकिस्तानबीचको युद्ध अन्त्य भएको थियो । बंगलादेशको स्वतन्त्रत युद्धलाई भारतले समर्थन गरेपछि भारत र पाकिस्तानबीच तेस्रो युद्ध भएको थियो । स्वतन्त्र वंगलादेशको स्थापनापछि १३ दिनमा भारत र पाकिस्तानको तेस्रो युद्ध अन्त्य भएको थियो ।

बोस्टन टि पार्टी
सन् १७७३ मा अमेरिकाको बोस्टनमा टि पार्टी आयोजना भएको थियो । बेलायतले नियन्त्रण गरेको बोस्टनबासीलाई बोस्टन बन्दरगाहको चियामा भारी कर लगाइएको थियो । बोस्टन टि पार्टीलाई अमेरिकी क्रान्तिको महत्वपूर्ण घटना मानिन्छ ।

माउन्ट फुजीमा लामो बिस्फोट
सन् १७०७ मा माउन्ट फुजीमा पछिल्लो पटक अहिले सम्मकै लामो ज्वालामुखी बिस्फोट भएको थियो । होइ इरप्सन नाम दिइएको सो बिस्फोट १७ दिनसम्म भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट