संसदको अवरोध एमसीसी पास गर्ने खेलः भीम रावल-Sutra News

संसदको अवरोध एमसीसी पास गर्ने खेलः भीम रावल

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीले संसदमा गरिरहेको अवरोधको औचित्यबारे प्रश्न उठाएका छन् । यो एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन भनेर पनि उनले प्रश्न गरेका छन् ।



सामाजिक सन्जालमा रावलले लेखेका छन्– ‘सरकारका कामकार्वाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।’

नेकपा एमालेले सभामुखको कार्यशैलीमा प्रश्न उठाउँदै संसद बैठकमा विरोध जनाउँदै आएको छ । एमालेले विरोध जनाउँदै वर्षे अधिवेशनका कुनै पनि संसदीय कामकारबाहीमा भाग लिएको थिएन ।

गत मंसिर २८ गतेबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठक पनि एमालेले वेल घेराउ गरेको थियो । एमालेको विरोधका कारण संसदको बैठक यही पुस ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

https://twitter.com/BhimRawal179/status/1471118552010661895

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट