कांग्रेस महामन्त्रीको मतगणना सुरु, कसले मार्ला बाजी-Sutra News

कांग्रेस महामन्त्रीको मतगणना सुरु, कसले मार्ला बाजी

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा साढे १० बजेदेखि मतगणना सुरु भएको हो ।



मतगणना तीन ठाउँबाट सुरु गरिएको निर्वाचन समितिले जनाएको छ । मतगणनाको परिणाम ३ बजेसम्म आइसक्ने जनाइएको छ ।

महामन्त्रीका लागि गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदीप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्माको कडा प्रतिश्पर्धा रहेको छ । जसमा कांग्रेस विधानअनुरुप २ जना मात्र बिजयी हुनेछन् ।

सभापतिमा पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले जित निकाल्न नसक्दा मंगलबार पुनः भएको मतदानबाट शेरबहादुर देउवा बिजयी भएका छन् । उनी शेखर कोइरालालाई पराजित गर्दै सभापति निर्वाचित भए ।

त्यस्तै दुई उपसभापति पदको बुधबार सम्पन्न मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट