कांग्रेस महाधिवेशनः प्रारम्भिक मत गणनामा थापा अगाडी-Sutra News

कांग्रेस महाधिवेशनः प्रारम्भिक मत गणनामा थापा अगाडी

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापाले प्रारम्भिक अग्रता लिएका छन् ।



बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा थापाले अग्रता लिएका हुन् ।

उनले १०० मत गन्दा ७० मत पाएका छन् । प्रकाशशरण महतले ३१, मिनेन्द्र रिजालले २१, प्रदीप पौडेलले २७ र विश्वप्रकाश शर्माले ३४ मत पाएका हुन् ।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट