जर्मन सरकारबाट कोरोनाविरुद्ध ४१ लाख डोज खोप उपलब्ध-Sutra News

जर्मन सरकारबाट कोरोनाविरुद्ध ४१ लाख डोज खोप उपलब्ध

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधा उपलब्ध गराएको हो ।



१० प्रतिशतभन्दा बढी नेपालीले जर्मन सरकारको सहयोगमार्फत कोभिड–१९ रोगविरुद्धको खोप प्राप्त गर्न सक्ने जनाइएको छ ।

नेपालका लागि कार्यवाहक जर्मन राजदूत डा. स्टेफन रुसेकले भने, ‘हामीले आपसी सहयोगद्वारा मात्र यस महामारीसँग जुध्न सक्छौं । तसर्थ यस महामारीको सुरुवातदेखिनै जर्मनीले बहुपक्षीय मञ्च एसीटी–ए/कोभ्याक्ससँग सहकार्य गरेको थियो र अहिले यस मञ्चको दोश्रो ठुलो दाताको रुपमा छ । हामीले नेपाली जनतालाई कोभिड बिरुद्धको ४१ लाख खोप सहयोग गर्न पाएकोमा गौरवान्वित भएको छौं ।’

डा. रुसेकले युरोपेली संघका प्रतिनिधि स्टेफेन माइकन, युनिसेफका प्रतिनिधि एल्के विस र विश्व स्वास्थ्य संगठन प्रतिनिधि डा. विनोद बुराको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडालाई खोप हस्तान्तरण गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषगरी १२ देखि १८ वर्षका बालबालिकालाई लक्षित गरी ५७ जिल्लामा पुस ४ गतेदेखि खोप वितरण गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट