तीनसय मत गन्दा गगन थापालाई २००, प्रदिप पौडेललाई ११०-Sutra News

तीनसय मत गन्दा गगन थापालाई २००, प्रदिप पौडेललाई ११०

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत महामन्त्री पदको जारी मतगणनामा गगन थापाले नै अग्रता लिएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा विहान साढे १० बजेदेखि सुरु भएको मतगणनामा ३ सय मत गन्दा थापाले २ सय मत ल्याएर अग्रता कायम गरेका हुन् ।



त्यस्तै दोस्रो नम्बरमा प्रदिप पौडेलले ११० मत ल्याएका छन् । विश्व प्रकाश शर्माले १०४, प्रकाशशरण महतले ९१, मीनेन्द्र रिजालले ५५, राजाराम कार्कीले ५ मत ल्याएका छन् ।

महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल तथा शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल प्रतिस्पर्धामा रहेका छन् । त्यस्तै प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा उम्मेदवार रहँदा डा राजाराम कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट