महामन्त्री भिडन्त : गगनको अग्रता, ९०० मतमा पाए ५५९-Sutra News

महामन्त्री भिडन्त : गगनको अग्रता, ९०० मतमा पाए ५५९

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।



९०० मत गन्दा गगनले ५५९ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ३५७, प्रदीप पौडेलले ३००, प्रकाशशरण महतले २९७ र मीनेन्द्र रिजालले १५३ र राजाराम कार्कीले ३१ मत प्राप्त गरेका छन् ।

दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् । खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट