ज्योति विकास बैंकको साधारणसभा २३ पुसमा, यस्ता छन् प्रमुख एजेण्डा-Sutra News

ज्योति विकास बैंकको साधारणसभा २३ पुसमा, यस्ता छन् प्रमुख एजेण्डा

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

ज्योति विकास बैंकले २३ पुसमा वार्षिक साधारणसभा बोलाएको छ । सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा बिहान ११ बजेका लागि सभा आह्वान गरेको हो ।



सभामा ११ प्रतिशत बोनस सेयर र चार दशमलव पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर/एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, अधिकृत पुँजी पाँच अर्ब रुपैयाँबाट बढाएर आठ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव छ । त्यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा/नोक्सन हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।

बैंकले सभा प्रयोजनार्थ ९ पुसमा बुक क्लोज गर्ने भएको छ । यसअनुसार ८ पुससम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट