कांग्रेस महामन्त्रीको ताजा मत परिणामः थापा र शर्माको जित निश्चित-Sutra News

कांग्रेस महामन्त्रीको ताजा मत परिणामः थापा र शर्माको जित निश्चित

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको महामन्त्रीको मतगणना जारी रहेको छ । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा थापाले फराकिलो अग्रता कायम राखेका छन् ।



अहिलेसम्म ४३९० मत गन्दा थापाले २८२३ मत पाएका छन् । विश्व प्रकाश शर्मा १८२४, प्रदिप पौडेल १३०३, प्रकाश शरण महत १४५५, मिनेन्द्र रिजाल ७५३ र राजाराम कार्कीले १०० मत प्राप्त गरेका छन् ।

दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ । सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् । खड्का देउवा र गुरुङ डा।शेखर कोइराला प्यानलका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट