कांग्रेस महाधिवेशन: महामन्त्रीमा थापा र शर्मा बिजयी-Sutra News

कांग्रेस महाधिवेशन: महामन्त्रीमा थापा र शर्मा बिजयी

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको महामन्त्रीको पदको लागि भएको मतगणना सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा बिजयी भएका छन् ।



कुल कुल ४६८२ मतमा थापाले ३०२३ मत पाएर पहिलो बिजेता बनेका छन् भने विश्व प्रकाश शर्मा १९८४ मत पाएर दोस्रो बिजेता बनेका छन् । त्यस्तै अन्य प्रतिश्पर्धिहरुमा प्रकाश शरण महतले १५५० मत ल्याएर तेस्रो स्थान हासिल गरे । प्रदिप पौडेल १४०९ मतसहित चौथो नम्बरमा पुगे भने मिनेन्द्र रिजाल ८०९ मत ल्याएर पाँचौ भए । स्वतन्त्र उम्मेदवारी दिएका राजाराम कार्कीले सबैभन्दा कम १०७ मत प्राप्त गरे ।

कांग्रेसको विधानतः दुई महामन्त्री चयन गर्नुपर्ने हुँदा थापा र शर्माको जितपछि अन्य उम्मेदवारहरु बाहिरिएका छन् । थापाले शेखर कोइराला प्यानलबाट महमन्त्रीमा उम्मेदवारी दिएका थिए भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ । सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट