नमस्कार गर्दै मतगणनास्थलबाट निस्किए प्रदिप पौडेल-Sutra News

नमस्कार गर्दै मतगणनास्थलबाट निस्किए प्रदिप पौडेल

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

 



नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार रहेका प्रदिप पौडेल मत गणनास्थलबाट नमस्कार गर्दै निस्किएका छन् । मत परिणाम घोषणा हुन बाँकी नै भएपनि उनको पक्षमा नतिजा नआएका कारण सबैलाई नमस्कार गर्दै मत गणनास्थलबाट बाहिरिएका हुन् ।

पौडेलले महामन्त्री पदमा कुल ४६८२ मत मध्ये १४०९ मत ल्याएपनि जित हासिल गर्न सकेनन् । उनि प्रतिश्पर्धिहरुमा चौथो स्थानमा पुगे । पौडेलले कृष्णप्रसाद सिटौलाको कोटाबाट सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवारी दिएका थिए ।

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा बिजयी भएका छन् । उनिहरुले क्रमशः ३०२३, १९८४ मत पाए । त्यस्तै अन्य प्रतिश्पर्धिहरुमा प्रकाश शरण महतले १५५० मत ल्याएर तेस्रो स्थान हासिल गरे । मिनेन्द्र रिजाल ८०९ मत ल्याए भने स्वतन्त्र उम्मेदवारी दिएका राजाराम कार्कीले सबैभन्दा कम १०७ मत प्राप्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट