मिनेन्द्र रिजालको रक्षामन्त्रीबाट राजीनामा, महामन्त्री बिजेतालाई बधाई-Sutra News

मिनेन्द्र रिजालको रक्षामन्त्रीबाट राजीनामा, महामन्त्री बिजेतालाई बधाई

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन् । महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु नैतिक रुपमा उपयुक्त नभएको भन्दै उनले राजीनामा दिएको जनाएका छन् ।



उनले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएका छन् । मत गणनाको प्रारम्भिक नतिजामा आफू पछि परेसँगै उनले राजीनामा दिने घोषणा गरेका थिए ।

उनले आफु महामन्त्रीमा हारेपनि बिजेताहरुलाई बधाई दिएका छन् । रिजालले समाजिक संजालमा ‘नेपाली काङ्ग्रेसको महामन्त्रीमा निर्वाचित हुनु भएकोमा श्री गगन कुमार थापा र श्री विश्वप्रकाश शर्मालाई हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना’ व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट