पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण, २६७ जना निको-Sutra News

पछिल्लो २४ घण्टामा १८४ जनामा कोरोना संक्रमण, २६७ जना निको

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

देशैभर पछिल्लो २४ घण्टामा थप १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण गर्दा १६० जना र ३ हजार ७ सय ८८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी १८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २६७ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ७३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५६७ पुगेको छ भने ८ लाख ८ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ जना रहेका छन् । जसमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १११ जना आईसीयू र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट