गगन थापाको विजयी हाँसो-Sutra News

गगन थापाको विजयी हाँसो

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

कांग्रेस महामन्त्रीमा गगनकुमार थापा सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनीसँगै विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा विजयी भए ।



थापाले तीन हजार २३ मत र शर्माले एक हजार ९८४ मत ल्याएर निर्वाचित भएका कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

यस्तै महामन्त्रीका अन्य उम्मेदवार प्रकाशशरण महतले एक हजार ५५६, प्रदीप पौडेलले एक हजार ३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्कीले १०६ मत ल्याएर पराजित भएका संयोजक घिमिरेले जानकारी दिए ।

उनका अनुसार निर्वाचनमा कुल चार हजार ६८२ मत खसेकोमा ४३  मत बदर भएको छ ।

अन्तिम परिणाम सार्वजनिक भएपछि हँसिलो मुद्रामा उपस्थित भएर थापा र शर्माले सानेपास्थित पार्टी कार्यालयमा उपस्थित कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट