कांग्रेस महाधिवेशनः महामन्त्रीको परिणाम घोषणा गर्नेवित्तिकै सहमहामन्त्रीको मतगणना सुरु-Sutra News

कांग्रेस महाधिवेशनः महामन्त्रीको परिणाम घोषणा गर्नेवित्तिकै सहमहामन्त्रीको मतगणना सुरु

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन महामन्त्रीको मत परिणाम घोषण गर्नेवित्तिकै आज (बिहीबार) साँझ नै तीन क्लस्टरका सहमहामन्त्री पदको मतगणना शुरू गरिएको छ । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना शुरू भएको हो ।



दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार छन् । त्यस्तै गंगा सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्त उम्मेदवार छिन् । त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट र विकास लामा उम्मेदवार छन् ।

अरु ५ सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट