अब मलाई एक दिनपनि चुक्ने र थाक्ने छुट छैनः गगन थापा-Sutra News

अब मलाई एक दिनपनि चुक्ने र थाक्ने छुट छैनः गगन थापा

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

गगन थापाले नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित भएपछि आफूलाई एकदिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन् । उनले महाधिवेशनमा पाएको मत र जिम्मेवारीका कारण चुक्ने र थाक्ने छुट नभएको बताएका हुन् ।



महामन्त्री पदमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले आफुले पाएको मतको इमान्दारिपूर्वक, परिपक्व ढंगले न्याय गर्ने बताए । उनले भने– ‘अब एक दिन पनि चुक्ने र थाक्ने सुविधा छैन । यो मतप्रति मैले न्याय गर्नुपर्छ । म अझै इमान्दारिपूर्वक, परिपक्व ढंगले जिम्मेवारी निर्वाह गर्छु ।

यो महाधिवेशनले कांग्रेसलाई सम्पूर्ण रुपमा नेतृत्व बदल्ने अवसर दिए पनि महाधिवेशनले त्यो म्याण्डेट नदिएको भन्दै यसलाई स्वीकार्नुपर्ने बताए । आफूले महामन्त्रीको हैसियतले सभापतिलाई काम गर्न बल र तागत पुर्‍याउने भन्दै गल्ती गर्न लागे घचघच्याउने पनि थापाले बताए ।

‘महामन्त्रीको जिम्मेवारी सभापतिलाई सहयोग गर्ने हो । उहाँ चुक्नुभयो भने पार्टीको निर्णय गर्ने ठाउँमा उहाँलाई चुक्दै हुनुहुन्छ नचुक्नुस् भनेर खबरदारी गर्ने हो’ उनले भने ।

थापाले सभापति शेरबहादुर देउवालाई आफूसँग प्रतिस्पर्धा गरेकाहरुलाई समेटेर जान आग्रह गरे । पार्टीको महाधिवेशनमा तलदेखि माथिसम्म निर्वाचन गर्दा नेता–कार्यकर्ताहरुबीच घाउ लागेको र दूरी बढेको भन्दै यसलाई कम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट