म कुनै समूहको महामन्त्री होइन, सबैको महामन्त्री हुँ- गगन थापा-Sutra News

म कुनै समूहको महामन्त्री होइन, सबैको महामन्त्री हुँ- गगन थापा

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगनकुमार थापाले अब आफू सबैको महामन्त्री भएको बताएका छन् ।



महामन्त्रीमा निर्वाचित भएपछि उनले संचारकर्मीहरु संग कुरा गर्दै आफू कुनै समूहको नभई सबैको महामन्त्री भएको बताएका हुन् ।

‘एउटा समूहको उम्मेदवार बनेपनि निर्वाचित भइसकेकोले समूहको महामन्त्री अब होइन। सबैको महामन्त्री हुँ।’ उनले भने ।

काँग्रेसको १४ औं महाधिवेशनमा उनले महामन्त्री पदमा जित हात पारेका थिए । महामन्त्रीको जित हात पार्नेमा उनीसंगै अर्का नेता विश्वप्रकाश शर्मासमेत रहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट