कांग्रेस सह-महामन्त्रीको मतगणना जारी-Sutra News

कांग्रेस सह-महामन्त्रीको मतगणना जारी

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सह-महामन्त्री पदको मतगणना सुरु भएको छ ।



सहमहामन्त्रीका उम्मेदवारको केहीबेर अघिदेखि मत गणना सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले  दलित, महिला र आदिवासी जनजातिको मतगणना भइरहेको छ ।

सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट