एमसीसीबारे फेरी बोले भीम रावल-Sutra News

एमसीसीबारे फेरी बोले भीम रावल

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८
फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका नेता डा.भीम रावलले एमसीसी संसदमा पेश गरे त्यो काम देश र जनताप्रति गद्दारी हुने बताएका छन् ।



एमसीसी प्रतिनिधिसभा बैठकमा पेश हुने चर्चा चलेसंगै उनले सामाजीक संजालमार्फत आफ्नो भनाई उल्लेख गरेका हुन् ।

उनले भनेका छन्, एमसीसी सम्झौता यथावत अनुमोदनका लागि संसदमा पेश गर्नु राष्ट्र र देशप्रति गद्दारी हुनेछ ।’

त्यस्तै उनले सम्झौता संसदबाट अनुमोदन नै नभई कार्यान्वयन सम्झौता र जग्गा अधिग्रहण समेतका काम गर्ने, गराउनेबारे संसदीय छानबिन समिति गठन गरी संसदको विशेष अधिकार र कानुन उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्नुपर्ने मागसहित राखेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट