थापा र शर्मालाई बधाई दिंदै केकीले भनिन्, नजिकैबाट ‘जय नेपाल’ भन्ने दिनको प्रतिक्षामा छु-Sutra News

थापा र शर्मालाई बधाई दिंदै केकीले भनिन्, नजिकैबाट ‘जय नेपाल’ भन्ने दिनको प्रतिक्षामा छु

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

काठमाडौँ । नायिका केकी अधिकारीले काँग्रेस महामन्त्रीमा निर्वाचित भएका गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई दिएकी छन् ।



सामाजीक संजाल फेसबुकमा लेख्दै उनले भनेकी छन्, ‘नेपाली काँग्रेस पार्टीको महामन्त्री जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका दुवै दाईहरु श्री गगन थापा र श्री विश्वप्रकाश शर्मालाई हार्दिक बधाई ! देश, जनता र लोकतन्त्रप्रतिको यहाँहरुको निष्ठा अविचलित र अक्षुण्ण रहिरहने बिश्वास गरेकी छु ।’

उनले उनीहरुको विजयीले आम नेपाली जनता र विशेषगरी युवापुस्ता भित्र रहेको परिवर्तनको उत्कृष्ट इच्छालाई प्रकट गरेको छ बताएकी छन् ।

‘अझै कम उमेरमा, अझै छिटो नेतृत्वदायी भूमिकामा क्षमतावान युवाहरुलाई पुऱ्याउन बदल्नुपर्ने राजनितिक संस्कार र परिपाटीमा यहाँहरुको सक्रिय भूमिका रहने अपेक्षा गरेकी छु।’ उनले लेखेकी छन् ।

‘प्रिय गगन दाइ, पन्ध्र वर्षपछि धुवाँ धूलो रहित रमणीय काठमाडौको सडकमा तपाँइ आफ्नो परिवारसँग घुम्दै गर्दा आजभन्दा बढि हर्षोल्लासका साथ नजिकबाटै ‘जय नेपाल’ भन्न पाउने दिनको प्रतिक्षा गरिरहेकी छु। आफ्ना वाचाहरु नभुल्नुहोला। बेलाबखत सम्झाइरहने छु ।’ उनले लेखकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट