बजारमा आउन नसकेको नोकियाको त्यो फोन-Sutra News

बजारमा आउन नसकेको नोकियाको त्यो फोन

बिहिबार, १ पौस २०७८

बिहिबार, १ पौस २०७८

सन् २०१४ मा नोकिया माइक्रोसफ्टको स्वामित्वमा आउँदा कम्पनीका केही उत्पादन बजारमा सार्वजनिक भएन । ती सार्वजनिक नभएको फोनमध्ये ‘नोकिया आईओन मिनी’ पनि थियो, जसको फोटो हालै ट्वीटरमा देखिएको छ ।



यो फोनको मुख्य अवधारणा भनेको नै विभिन्न आकर्षक रंगहरू अर्थात् कलरफुल एन्ड्रोइड स्मार्टफोन बजारमा ल्याउनु थियो । तर २०१४ मा नोकिया माइक्रोसफ्ट अन्तर्गत आएपछि भने यो फोन बजारमा आएन

यो फोनको विषयमा धेरैलाई त जानकारी पनि थिएन । यद्यपि केहि दिनअगाडि टिप्सटर दिमित्रियोस भ्ल्लाकोसटर दिमित्रियोस भ्ल्लाकोसले आफ्नो ट्वीटरमा यो सार्वजनिक नै हुन नसकेको फोनको फोटो सार्वजनिक गरेका थिए ।

उनले आफ्नो ट्वीटरमा नोकिया आईओन मिनी टु को फोटो पोस्ट गर्दै लेखेका थिए, ‘सन् २०१४ मा तयार भएर पनि बजारमा जान नसकेको नोकिया आईओन मिनी टुु ।’

एन्ड्रोइड अपरेटिङ सिस्टमसहित सार्वजनिक हुने भनिएको यो फोन माइक्रोसफ्टले नोकिया कम्पनी लिएपछि बजारसम्म पुग्न पाएको थिएन । टिप्सटरले भने यो फोनको फोटोसहित यसका केही फिचर पनि सार्वजनिक गरेका छन् ।

अन्य सामान्य फोनहरू जस्तै यसमा पनि सानो डिस्प्ले र मोबाइलको पछाडि एउटा मात्र क्यामेरा उपलब्ध छ भने फोनमा क्वालकमको स्न्यापड्रागन ४०० चिप प्रयोग भएको छ ।

२०१४ मा सार्वजनिक हुन नसकेको यो फोनको यति धेरै विवरण अचानक टिप्सटरले किन बाहिर ल्याए भन्ने विषयमा खासै केही लेखिएको छैन । यद्यपि यो फोन फेरि बजारमा नयाँ रुपमा फर्किन लागेको हो कि भन्ने अनुमान पनि गरिएको छ । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट