फिलिपिन्समा आँधीबाट हजारौं विस्थापित-Sutra News

फिलिपिन्समा आँधीबाट हजारौं विस्थापित

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

एजेन्सी । दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ ।



राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो ।

आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो ।

तीव्र रुपमा विकसित आँधी मध्य फिलिपिन्स र दक्षिणी सुरिगाओ प्रान्ततर्फ बढिरहेको त्यहाँको मौसम विभागले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट