पोखरा फाइनान्सको बोनस सेयर घोषणा-Sutra News

पोखरा फाइनान्सको बोनस सेयर घोषणा

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

पोखरा फाइनान्सले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ८.०७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।



उक्त प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

कम्पनीले हाल कायम ९३ करोड ३१ लाख ४५ हजार ७९० रुपैयाँ चुक्ता पुँजीमा सो बोनस तथा नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट