देउवा–प्रचण्डबीच छलफल, एमसीसी अनुमोदन गर्न सर्वदलीय बैठक बोलाउने तयारी-Sutra News

देउवा–प्रचण्डबीच छलफल, एमसीसी अनुमोदन गर्न सर्वदलीय बैठक बोलाउने तयारी

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री देउवा निवास बालुवाटारमा भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा छलफल भएको हो ।



भेटवार्तामा दुई नेताले संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु पर्ने निचोड निकालेका छन् । सोही निचोडका आधारमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अर्को बैठक पुस ६ अघि नै आइतबार वा सोमबार बैठक बोलाउने तयारी गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

‘भेटका अवसरमा सदन सुचारु गर्ने लगायतका समसामयिक राष्ट्रिय मुद्दामा प्रमले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो’, देउवा–प्रचण्ड भेटपछि प्रचण्डको सचिवालयले भनेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भदौ तेस्रो सातादेखि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

एमालेले सभामुखको पक्षपातपूर्ण व्यवहारका कारण सदन अवरुद्ध गर्नुपरेको जनाउँदै आएको छ । यस्तै एमसीसी संसदमा पेश गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट