खेलाडीमाथिको कारवाहीबारे प्रचण्डले सोधेपछि क्यानका अध्यक्षलाई देउवाको फोन-Sutra News

खेलाडीमाथिको कारवाहीबारे प्रचण्डले सोधेपछि क्यानका अध्यक्षलाई देउवाको फोन

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे चासो व्यक्त गरेका छन् ।



देउवानिकट स्रोतका अनुसार उनले शुक्रवार अपराह्न चन्दलाई फोन गरेर ‘क्यानमा के गरेको हो यो ?’ भनेर सोधेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे कुराकानी भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले देउवालाई यसबारे सोधेका थिए । जवाफमा देउवाले भने, ‘म बुझ्छु है त !’ त्यसपछि देउवाले चन्दलाई फोन गरेका हुन् ।

गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको थियो ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो । क्यानले अनुशासनसम्बन्धी आचारसंहिता उल्लङ्घनको आरोपमा मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरूको ६ महिना सहभागिता नगराउने निर्णय समेत गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट