ओलीपछिको वरियता पाउने आशामा एमाले छिरेका बादल पाचौं नम्बरमा-Sutra News

ओलीपछिको वरियता पाउने आशामा एमाले छिरेका बादल पाचौं नम्बरमा

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ एमाले वरियताक्रमको पाचौं नम्बरमा परेका छन् । बिहीवार जारी अन्तरपार्टी निर्देशिकामा उनको वरियता उपाध्यक्षमध्ये तेस्रो नम्बरमा कायम भएको उल्लेख गरिएको छ ।



एमालेमा पहिलो नम्बरमा अध्यक्ष ओली नै रहेका छन् भने त्यसपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल रहेका छन् । तेस्रो वरियतामा उपाध्यक्ष युवराज ज्ञवालीलाई राखिएको छ भने चौथो वरियतामा अष्टलक्ष्मी शाक्य रहेकी छन् ।

त्यसपछि बादलको पालो आउँछ । बादलले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् ।

गत सालको पुस ५ गते तत्कालीन प्रधानमन्त्री रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दा बादलले ओलीको साथ दिएका थिए ।

अन्तिम समयमा ओली समूहमा लागेका बादललाई ओलीले आफूपछिको सह-अध्यक्ष बनाउने प्रतिबद्धता गरेका थिए । तत्कालीन नेकपा कायमै रहने र एकताको स्प्रीटलाई समातेर बादललाई दोस्रो वरियता दिने भनेपछि बादलले प्रचण्डको साथ छोडेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट