दुगड र प्रसाईंलाई ओलीको पुरस्कार, उद्योग विभागको जिम्मा-Sutra News

दुगड र प्रसाईंलाई ओलीको पुरस्कार, उद्योग विभागको जिम्मा

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राज्यमन्त्रीसमेत रहेका व्यवसायी मोतीलाल दुगडलाई एमालेको उद्योग, वानिया तथा आपूर्ति विभागको प्रमुख बनाएका छन् ।



त्यस्तै केही दिन अघि मात्र केन्द्रीय कमिटीमा मनोनित मेडिकल कलेज संचालक दुर्गा प्रसाईंलाई सोही विभागको उपप्रमुख बनाइएको छ ।

ओलीले उक्त विभागमा आफैंले नाम प्रस्ताव गरेपछि त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।

चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा केन्द्रीय कमिटीमा नपरेपछि प्रसाईं फायर भएका थिए ।

त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उनलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । व्यवसायी दुगड भने २०७१ सालमा एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट