दाना खाएपछि पनि दूध नदिएको भन्दै गाईविरुद्ध उजुरी, प्रहरी हैरान-Sutra News

दाना खाएपछि पनि दूध नदिएको भन्दै गाईविरुद्ध उजुरी, प्रहरी हैरान

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

भारतको कर्नाटकको शिमोगा जिल्लामा रमैया नामका एक किसानले आफ्नो गाईविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।



गत चार दिनदेखि गाईले दूध नदिएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन् ।

गाईविरुद्धको उजुरी लिएर प्रहरी चौकी पुगेपछि प्रहरी अचम्ममा परेका थिए । रमैयालाई प्रहरीले यो केस दर्ता हुन नसक्ने भनेर सम्झाईबुझाइ फिर्ता पठाएका थिए ।

रमैयाका अनुसार उनले गाईलाई सधैं  बिहान ८ बजेदेखि ११ सम्म र साँझ ४ देखि ६ बजेसम्म दाना खुवाउने गर्थे । पहिला गाईले दूध दिइरहन्थ्यो तर केही दिन अगाडिदेखि गाईले दूध दिन बन्द गर्यो ।

प्रहरीका अनुसार दाना खाएपछि पनि दूध नदिने गाईलाई कारवाही हुनुपर्ने रामैयाले माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट