तपाईंले सपना रंगीन देख्नुहुन्छ कि श्यामश्वेत ? यस्ता छन् सपनाबारे रोचक तथ्य-Sutra News

तपाईंले सपना रंगीन देख्नुहुन्छ कि श्यामश्वेत ? यस्ता छन् सपनाबारे रोचक तथ्य

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

मान्छेले सपना रङ्गीन रुपमा देख्छ तर १२ प्रतिशत मान्छले चाहिँ ब्ल्याक एन्ड ह्वाइट (श्यामश्वेत) सपना देख्छन् ।



जसले भिडियो गेम खेल्छ, उसले चमकदार सपना देख्छ भनिन्छ ।

स्नायु वैज्ञानिकका अनुसार सुरुका केही वर्षसम्म बच्चाले सपना देख्दैनन् ।

प्रायः मान्छेले राती पाँचपटक सपना देख्छ ।

पुरुषले सपनामा ७० प्रतिशत चाहिँ पुरुष र ३० प्रतिशत महिला देख्छन्, महिलाले चाहिँ सपनामा ५० प्रतिशत पुरुष र ५० प्रतिशत महिलालाई देख्छन्।

मान्छेले सपनामा सकारात्मकभन्दा नकारात्मक खालका कुरा नै बढी देख्छ । ती सपना रिस, उदासी (दुःख) र डर सँग सम्बन्धित हुन्छन् ।

हामीले सपनामा देख्ने अनुहार त्यही हुन्छ, जुन हामीले वास्तविक जीवनमा देखेका हुन्छौँ ।

जो जन्मँदा आँखा देख्थ्यो तर पछि अन्धो भयो, त्यस्तो मान्छेले सपनामा दृश्य र तस्बिर देख्छ तर जो जन्मँदा नै अन्धो थियो, त्यस्तो मान्छेले रोचक सपना देख्छ तर उनीहरुको सपनामा दृश्य हुँदैनन् ।

कुकुर, विरालोका बच्चाले पनि सपना देख्छन् ।

मान्छेको दिमाग नसुतेको अवस्थामा भन्दा सपनामा बढी सक्रिय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट