पोखरेलले पत्रकारलाई भने – प्रचण्ड र ज्ञानेन्द्रबीच भएको सहमति तपाईंहरूले नै पुष्टि गरिदिनुस्-Sutra News

पोखरेलले पत्रकारलाई भने – प्रचण्ड र ज्ञानेन्द्रबीच भएको सहमति तपाईंहरूले नै पुष्टि गरिदिनुस्

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पत्रकारहरूलाई प्रचण्ड र ज्ञानेन्द्रबीच भएको सहमति खोजिदिन आग्रह गरेका छन् ।



केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्कालीन राजा ज्ञानेन्द्रसँग पाँच बुँदे सहमति गरेको आरोपबारे पत्रकारहरूले प्रश्न गरेका थिए ।

‘हामी पुराना कुरा बिर्सन्छौं,’ महासचिव पोखरेलले भने, ‘माघ १९ पछि माओवादीका तर्फबाट सम्प्रेषित वक्तव्यले नै (प्रचण्ड र ज्ञानेन्द्रबीच भएको सहमति) बताएको छ । त्यसमाथि बाबुराम र प्रचण्डबीच भएको अन्तरकलहले धेरै कुरा बाहिर आइसकेको छ ।’

पोखरेलले ओलीले आधार दिएको र त्यसको पुष्टि पत्रकारहरूले गर्नुपर्ने बताए । ‘आधार हामीले दिएका छौं, पुष्टि तपाईंहरूले गरिदिनुस् । म अपेक्षा गर्छु । हामीले मिथ्या कुरा गरेको होइन,’ पोखरेलले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट