राष्ट्रिय सभा निर्वाचनमा मत मिल्नेसँग सहकार्य हुन सक्छ – महासचिव पोखरेल-Sutra News

राष्ट्रिय सभा निर्वाचनमा मत मिल्नेसँग सहकार्य हुन सक्छ – महासचिव पोखरेल

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी राष्ट्रिय सभाको निर्वाचनमा मत मिल्नेसँग सहकार्य हुन सक्ने बताएका छन् ।



केन्द्रीय कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा पोखरेलले राष्ट्रिय सभा निर्वाचनमा मत मिल्नेसँग सहकार्य हुन सक्ने बताएका हुन् ।

‘राष्ट्रिय सभा निर्वाचनमा मत मिल्नेसँग सहकार्य पनि हुन सक्छ,’ पोखरेलले भने, ‘परिणाम के आउँछ भन्नेमा हामी चिन्तित छैनौं । हामीलाई दिइएको जनादेशको खण्डित गरिएको छ ।’

उनले राष्ट्रिय सभाको निर्वाचन प्रत्यक्ष नभएकाले जित हारसँग जनादेशको कुनै साइनो नभएको बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनको परिणाम जनादेश होइन, परोक्ष निर्वाचन हो,’ उनले भने, ‘यसमा जित हारको कुनै अर्थ छैन । षड्यन्त्रपूर्वक हाम्रो पार्टी फुटाइयो तर हामीले आम चुनावलाई प्राथमिकता दिइरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट