रोचक तथ्य : अमेरिकामा भन्दा चीनमा बढी बोलिन्छ अंग्रेजी-Sutra News

रोचक तथ्य : अमेरिकामा भन्दा चीनमा बढी बोलिन्छ अंग्रेजी

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

हाम्रो छिमेकी मुलुक चीनको बारेमा हामीलाई कमै थाहा छ । यहाँ हामी चीनसँग जोडिएका केही रोचक कुराहरू लेख्दैछौं ।



चीन संसारको सबभन्दा ठूलो सैन्यशक्ति हो । चिनियाँ सेनाको संख्या करीब २३ लाख छ ।

त्यहाँका सैनिकलाई तालिम दिँदा उनीहरूको बर्दीको कल्लरमा पिन लगाइन्छ । सैनिकले आफ्नो गर्दन नझुकाऊन् भनेर यसो गरिन्छ ।

चीनमा अंग्रेजी बोल्ने मानिसको संख्या अमेरिकाभन्दा बढी छ । चीनले तीव्र गतिमा गरिरहेको विकासका कारण सन् २०२५ सम्ममा त्यहाँ न्युयोर्क जस्ता १० वटा शहर विकसित हुनेछन् ।

चीनमा मानिसहरूसँग भएको मोबाइल फोनको संख्या अमेरिकाको जनसंख्याभन्दा धेरै छ ।

चीनको हावामा फैलिएको प्रदूषणका कारण बेइजिङ शहरमा एक दिन बस्नुभयो भने पनि २१ चुरोटको धूवाँ बराबर खराबी तपाईंको शरीरमा पुग्छ ।

चीनमा जनसंख्या धेरै बढेकाले तीन करोड जति मान्छे त गुफा जस्ता घरमा बस्छन् ।

चीनमा भीषण ट्राफिक जाम हुन्छ । सन् २०१० मा चीनको शांघाईमा सय किलोमिटर लामो जाम भएको थियो । बाह्र दिनसम्म जाम हटेन ।

चीनमा एकजना युवकले आइफोन किन्नका लागि मृगौला बेचेका थिए ।

चिनियाँहरू यति धेरै सिगरेट पिउँछन् कि हरेक सेकेन्डमा पचास हजार सिगरेट पिइन्छ त्यहाँ ।

सन् २०११ देखि २०१३ का बीचमा चीनमा प्रयोग गरिएको सिमेन्ट अमेरिकाले पूरै बीसौं शताब्दीमा पनि गरेको थिएन ।

एक अनुसन्धान अनुसार संसारमा भएका सबै सुंगुरको संख्या जोड्दा आधा त चीनमै थिए ।

चीनमा फेसबूक, ट्विटर र न्युयोर्क टाइम्स बन्द गरिसकिएको छ ।

चीनमा यति धेरै आत्महत्या हुन्छन् कि त्यहाँका नदीहरूबाट लाश निकाल्नका लागि पनि जागिर दिइने गरिएको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट