नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोडसेडिङ एमालेले हटाएको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले देशमा हुने १८ घण्टे लोडसेडिङ हटाएको दाबी पोखरेलले गरेका हुन् ।
केन्द्रीय कमिटी बैठकका निर्णयहरू सार्वजनिक गर्न शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एमाले नेतृत्वको सरकारले लोडसेडिङ हटाएको दाबी गरेका हुन् ।
‘देशमा १८ घण्टासम्म लोडसेडिङ हुने गर्थ्यो,’ पोखरेलले भने, ‘एमाले नेतृत्वको सरकारले नै तत्कालीन अवस्थामा १८ घण्टा लामो लोडसेडिङ हटाएको हो ।’
उनले लोडसेडिङ हटाउन भारतसँग विद्युत खरिद सम्झौता ओली सरकारले नै गरेको दाबी गरे ।