सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित हुँदा मुख्यमन्त्री शाही पराजित-Sutra News

सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित हुँदा मुख्यमन्त्री शाही पराजित

शुक्रबार, २ पौस २०७८

शुक्रबार, २ पौस २०७८

नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा बद्री पाण्डे विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार पाण्डे विजयी भएका हुन् ।



पाण्डेले शेखर कोइरालाको प्यानलबाट सहमहामन्त्रीमा उम्मेदवारी दिएका थिए । पाण्डेको जिसँगै सभापति शेरबहादुर देउवा प्यानलका कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सहमहामन्त्रीका उम्मेदवार जीवन शाहीले हार व्यहोरे ।

पाण्डे २४११ मत ल्याएर निर्वाचित भए । शाहीले २१३३ मत पाए भने पाण्डेसँग २७८ मतान्तर रह्यो । यस्तै चेतराज बरालले ९९ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट